उपनिर्वाचन खर्चसीमा हेर्नुहोस् कसको कति ?

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा गाउँपालिकाका वडाध्यक्ष उम्मेदवारले डेढ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले खर्चसम्बन्धी मापदण्ड बनाउँदै गाउँपालिकाका वडाध्यक्षको खर्चसीमा डेढ लाख तोकेको छ ।नगरपालिका वडाध्यक्षका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि २ लाख खर्च गर्न सक्नेछन् ।

आयोगका अनुसार, उपमहानगरपालिकाका वडाध्यक्षले नगरपालिकाका वडाध्यक्षभन्दा ५० हजार बढी अर्थात् २ लाख ५० हजार चुनावी प्रयोजनमा खर्च गर्न पाउनेछन् ।

आयोगले निर्वाचन प्रचारका लागि उपमहानगरपालिकाका प्रमुखका उम्मेदवारले ५ लाख ५० हजार र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको छ ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्यले १५ लाख निर्वाचन प्रचारमा खर्च गर्न सक्ने आयोगले जनाएको छ ।

यस्तै आयोगले निर्वाचन सुरक्षा कार्ययोजना पनि फिर्ता गरेको बताएको छ । केन्द्रीय सुरक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सुरक्षा कार्ययोजना’ आयोगले गृहमै फिर्ता पठाएको हो ।

उपनिर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका–२०७६ सँग नमिलेपछि त्यसलाई फिर्ता पठाइएको आयोग स्रोतले बताएको छ