नेप्सेमा निरन्तर गिरावट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.८८ अंकले घटेर ११३९.२९ बिन्दुमा झरेको छ। यस दिन कुल १६१ कम्पनीका ७ लाख ८४ हजार ७४० कित्ता शेयर १७ करोड ५५ लाख रुपियाँमा कारोबार भएको छ्।

आइतबार कारोबारमा आएका ११ उपसमूहमध्ये सामूहिक लगानी कोषकोबाहेक सबै उपसमूहका गिरावट भएको। सामूहिक लगानी कोष ०.०१ अंकले बढ्दा यस्तै बैंकिङ उपसमूह ६.७८, होटल उपसमूह ४.२२, विकास बैंक उपसमूह १.५८, जलविद्युत् उपसमूह २.४९, वित्त उपसमूह २.५, निर्जीवन बीमा उपसमूह ३२.२५, उत्पादन उपसमूह ३७.३५, अन्य उपसमूह ५.२९, लघुवित्त उपसमूह ३ र जीवन बीमा उपसमूह २६.०७ अंकले घटेको छ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत १.६२ अंकले घटेर २५०.४६ बिन्दुमा ओर्लेको छ। आइतबार कारोबार रकमका आधारमा प्रभु बैंक अगाडि रहेको छ। सो बैंकको १ करोड ५२ लाख र देवः विकास बैंक १ करोड ४३ लाख रुपियाँको कारोबार भएको छ।

समग्र परिसूचक घटेको दिन एनआईसी एसिया ग्रोथ फण्ड ४.५२, बरुण हाइड्रोपावर ४.४० प्रतिशतका दरले कमाउँदै धेरै कमाउने कम्पनीको सूचीमा अगाडि रहेका छन्। त्यस्तै मेगा बैंक नेपाल ५.४४, आँखुखोला जलविद्युत् कम्पनी ५.२६ प्रतिशतले गुमाउँदै धेरै गुमाउने कम्पनीको सूचीमा अगाडि रहेका छन्।