इमरानको राजीनामा माग गर्दै इस्लामावादमा विशाल प्रदर्शन

0
Shares

इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानको राजधानी इस्लामावादमा प्रधानमन्त्री इमरान खानको राजीनामा माग गर्दै विशाल प्रदर्शन भइरहेको छ। ‘आजादी मार्च’ नाम दिइएको उक्तर्यालीको नेतृत्व पाकिस्तानको प्रमुख विपक्षी पार्टी मध्येका एक ताथ धार्मिक संगठन जमियत उल इस्लाम एफ (जेयूआई–एफ)का प्रमुख मौलाना फजलुर रहमानले गरेको छ।

तर यो मार्चलाई सबै विपक्षी पार्टीहरूको समर्थन रहेको छ।पाकिस्तानी विपक्षी पार्टी जमियत उल इस्लाम एफको उक्तर्याली आइतबार राजधानी पुगेको हो। उनीहरूले प्रधानमन्त्री इमरानको राजीनामा दिनुपर्ने र देशमा नयाँ आमचुनाव गराउनुपर्ने माग गरिरहेका छन्। मौलाना फजलुर रहमानले प्रधानमन्त्रीलाई राजीनामा दिन दुई दिनको समय दिएका थिए।

र्याली सम्बोधन गर्दै इमरानलाई ४८ घण्टामा राजिनामा दिन भन्दै राजीनामा नदिएसम्म उनीहरू फिर्ता नहुने मौलानाले बताएका थिए।आइतबार समयसीमा समाप्त हुने भएकोले इस्लामावादमा सेना र सरकारलाई अप्ठ्यारो बढ्न सक्ने अनुमान गरिएको छ। यसबीच सरकारले राजधानी नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खानका फजलुर रहमानका पिता मौलाना मुफ्ती महमुद १९७० मा खैबरका मुख्यमन्त्री थिए। पिताको निधनपछि मौलानाले इस्लामको देवबन्दी मत मान्ने पार्टी जमात उल इस्लामीको नेतृत्व सम्हालेका थिए।

प्राय टाउको पहैंला फिता बाँध्ने गरेका तालिबान समर्थक नेता फजलुर रहमान कुनैबेला प्रधानमन्त्री पदका दाबेदारका रूपमा उदय भएका थिए। अमेरिकाले तालिबानका ठेगानमा अफगानिस्तानमा हमला गर्दा उनले पाकिस्तानका कयौं ठूला सहरमा अमेरिका र पूर्वसैन्य शासक मुसर्रफ विरुद्ध प्रदर्शन गरेका थिए।

त्यतिबेला उनले बमबारी नरोकिएमा अमेरिका विरुद्ध जिहाद छेड्ने धम्की दिएका थिए। त्यतिबेला मुसर्रफले उनलाई घरमै नजरबन्द गरेका थिए।कट्रपन्थी देवबन्दी समूहका नेता रहमान सन् १९८९ मा सलमान रुस्दीको किताब ‘ द सैटानिक भर्सेस‘ विरुद्ध हिंस्रक प्रदर्शनको नेतृत्व गर्ने व्यक्तिका रूपमा पनि चिनिएका थिए।

उनी काश्मिर मामिलाको विशेष कमिटीका प्रमुख पनि हुन्। उनीमाथि देशमा काश्मिर मुद्दालाई कम र खबैर पख्तुनख्वाका समस्या बढी उठाउने गरेको आरोप छ।खैबर पख्तुनख्वा उनको गढ हो। सन् २०१६ मा उनले काश्मिरलाई लिएर पाकिस्तान एकोरिएको र यसका लागि खैबर पख्तुनख्वालाई जोखिममा पार्न तयार रहेको बताएका थिए।

उनी पाकिस्तानी सेनाका पनि विरोधी रहेका छन्।उनले इमरानलाई प्रधानमन्त्री बनाउने गत वर्षको चुनाव फर्जी भएको बताउँदै पाकिस्तानको सत्ता समाप्त भइसकेको बताए। इमरान अब पाकिस्तानको शासक नभएको र अब आफूले देश चलाउने बताएका थिए। देशलाई शान्तिपूर्ण तरिकाले चलाउने र विकसित बनाउने उनले बताए।