सरकारको निर्णय पूर्वाग्रही

0
Shares

काठमाडौं, (नेस)।

पूर्वाग्रह राखेर सरकारले प्रदेश प्रमुख हटाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यसले सहमतिको राजनीतिलाई थप बिथोलेको जनाएको छ। सरकारले सातवटै प्रदेशका प्रमुख हटाउने निर्णय गरेलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया दिँदै प्रदेश प्रमुख हटाउने सरकारको निर्णय निर्वाचन आचारसंहिताविपरीत भएको पनि बताउनुभएको छ।

प्रदेश प्रमुख हटाउने सरकारको निर्णयप्रति शर्माले कटाक्ष गर्दै भन्नुभएको छ– ‘समयको प्राथमिकता अर्कै, सरकारको अर्कैतिर।’ जरुरी समीक्षाबेगरै पूर्वाग्रहपूर्ण निर्णय भन्दै उहाँले सरकारले निर्वाचन आचारसंहिताको नैतिक हेक्का समेत नराखेको बताउनुभएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेश प्रमुख हटाउनुभएको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संघीयता सफल बनाउन कहाँनेर प्रदेश प्रमुखहरूले अप्ठ्यारो सिर्जना गरेका थिए र सरकारले हटाउने निर्णय गरेको हो भनी प्रश्न पनि गर्नुभएको थियो।