महासचिव श्रेष्ठलाई मातृशोक

0
Shares

काठमाडौं, (नेस)।

स्यस्यः समाजका महासचिव श्यामकुमार श्रेष्ठलाई मातृशोक परेको छ। श्रेष्ठकी आमा दियोलक्ष्मी श्रेष्ठको ८० वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। अल्जाइमर रोगबाट पीडित श्रेष्ठको काठमाडौं न्यूरो तथा जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक सूत्रले जनाएको छ।

मृतक श्रेष्ठका चार छोरा रहेका छन्। जसमध्ये महासचिव माहिला हुन् तथा नेपाली कांग्रेस जापान सम्पर्क समितिका पूर्वअध्यक्ष डा. बलराम श्रेष्ठ साहिलो छोरा हुन्। पारिवारका सदस्यहरू जम्मा भएपछि मात्रै दाहसंस्कार गरिने भएको हुँदा सोमबार दिउँसो दाहसंस्कार गर्ने तयारी भएको पारिवारिक सूत्रले जनाएको छ।

यसैबीच स्यस्यः समाजले विज्ञप्ति प्रकाशित गर्दै महासचिव श्रेष्ठलाई पर्न गएको मातृशोकप्रति गहिरो शोक व्यक्त गरेको छ। संस्थाका सचिव विष्णुराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै मृत आत्माको चीरशान्तिको कामना गरिएको छ।