नेकपाले उम्मेदवारको टुंगो लगायो

0
Shares

काठमाडौं, (नेस) ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उठ्ने उम्मेदवार सत्तारुढ नेकपाले टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिका मेयरका उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

बैठकले कास्की २ बाट प्रतिनिधिसभामा विद्या भट्टराई उम्मेदवार बनाउने घोषणा गरेको छ। भट्टराई स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी हुनुहुन्छ। त्यस्तै दाङको प्रदेशसभामा विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। दाङको क्षेत्र नम्बर ३(ख) मा प्रदेश सभाको उपनिर्वाचन हुने भएको हो।

त्यस्तै भक्तपुरको १(क) मा देवीप्रसाद ढकाल उम्मेदवार बनाउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय सचिवालय बैठकले गरेको उहाँले जानकारी दिनुभयो।