अपडेटः मृत्यु हुनेको संख्या १७ पुग्याे , मृतककाे सनाखत हुदैं (मृत्यु हुने र घाइतेको नामावलीसहित)


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा आइतबार बस खस्दा १७ जनाको मृत्यु भएको छ भने ४५ जना भन्दा बढि घाइते भएका छन् ।

मृत्यु हुनेमा १२ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । १५ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

आइतबार साँझसम्म १० जनाको सनाखत भएको छ । दुर्घटनामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ की ३० वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखा भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३ की ५० वर्षीया रत्नकुमारी राउत, उनका २८ वर्षीय छोरा किरण राउत, सोही ठाउँकी तीन महिनाकी शिशु सिसन तामाङ, शैलुङ –५ का रितेश खड्का र शैलुङ–७ की कविता राउतको घटनास्थलमा मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए । चार महिला र चार पुरुषको सनाखत हुन सकेको छैन ।

बनेपास्थित सिर मेमोरियल अस्पतालमा शैलुङ–४ की ६ वर्षीया बालिका सलिना तामाङ र धुलिखेल अस्पतालमा ५२ वर्षीया चेतकुमारी बस्नेतको मृत्यु भएको थियो ।

घाइते ५१ जनालाई धुलिखेल अस्पताल लगिएको छ । गम्भीर दुईजनालाई काठमाडांै रिफर गरिएको धुलिखेल अस्पतालले जनाएको छ । चालक धनबहादुर श्रेष्ठ गम्भीर घाइते छन् । दुर्घटनाको कारण खुलेको छैन ।

यस्तै नदिको विभिन्न भागबाट हालसम्म १५ जनाको शव निकालिएको छ । खोलामा डुबेको बस भने क्रेन लगाएर माथि तानिएको छ । बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।

मृत्यु हुने र घाइते हुनेको विवरण निम्न छः