डा. गोविन्द केसी सोमबारदेखि १७ औं अनशन बस्ने


न्युज अफ नेपाल, काठमाडौं ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी सोमबारदेखि अनशन बस्ने भएका छन्।

चिकित्सा शिक्षाभित्र देखिएको विकृति अन्त्य गर्न सरकार लागी नपरेको आरोप लगाउदैं डा. केसी १७ औं पटक अनशन बस्न लागेका हुन्। उनले आफ्ना माग र यसअघिको अनशनका क्रममा भएका सहमति पूरा गर्नका लागि सरकारलाई अल्टिमेटम समेत दिएका थिए। अल्टिमेटम दिँदासमेत सरकार लागी नपरेको आरोप लगाउदैं आफ्नो १७ औं अनशन सुरु गर्न लागेको बताएका हुन्।

चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै के.सी अहिलेसम्म १६ पटक अनशन बसिसकेका छन्।

चिकित्सा शिक्षामा सुधार हुन नसक्दा यो क्षेत्रमा विकृति बढ्दै गएको डा. केसीको आरोप छ।