मन्त्रिपरिषद्को बैठक पुनः स्थगित, सोमबार बिहान ११ बजे बस्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

साँझ ५ बजेका लागि आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद्को बैठक एक पटक सरेर पुनः स्थगित भएको छ ।

आइतबार साँज ५ बजेका लागि आकस्मिक रुपमा बोलाइएको बैठक सारेर साढे ६ बजे पुर्याइएको थियो। तर सो समय पनि गुज्रिएपछि बैठक बस्दै नबसी सरेको हो ।

बैठक सोमबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।
आइतबार दिउँसो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलमा डा. भगवान कोइरालालाई नियुक्ति गर्ने, सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।

दिउँसोको बैठकमा सहभागी एक मन्त्रीले सोमबार सबै प्रदेशका प्रमुखको नियुक्ति गर्ने बताएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा आएको समस्याका कारण नेकपा सचिवालयक र मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा केही दिनदेखि समस्या आएको छ। मृगौलामा समस्या आएपछि गत बुधबार र बिहीबार प्रधानमन्त्री ओलीको डायलासिस गरिएको थियो ।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य समस्याबारे ब्रिफिङ गरेका थिए ।

आइतबार दिउँसोको मन्त्रिपरिषद् बैठकअघि पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराएका थिए ।