म्याग्दीमा बस दुर्घटना हुँदा चारको मृत्यु


न्युज अफ नेपाल, म्याग्दी ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिममा आज साँझ यात्रुबाहक बस दुर्घटना भएको छ । दरबाङबाट गाउँका लागि छुटेको ग १ ख ४४७६ नम्बरको बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएकाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङतर्फ पठाइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । अहिले दुर्घटनामा परेकाहरुको उद्दारका लागि इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको उहाँले बताउनुभयो ।

बस सडकबाट झण्डै २ सय मिटर तल खसेका बताइए पनि दुर्घटनाको कारणबारे र मृतकको सनाखतका विषयमा भने थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक शर्माले बताउनुभएको छ । रातको समय भएका कारण बसमा कति यात्रु थिए भन्ने समेत एकिन हुन सकेको छैन ।