मृत्यु हुनेको संख्या १७ पुग्याे , मृतककाे सनाखत हुदैं 


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा आइतबार बस खस्दा १७ जनाको मृत्यु भएको छ भने ४५ जना भन्दा बढि घाइते भएका छन् । मृतक मध्ये दुईजनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

सिन्धुपाल्चोक दुर्घटनामा मृतक सनाखत हुनेमा दोलखा भिमेश्वर नगरपालिका ९ कि रन्जिता केसि, शैलुङ्गेश्वरि गाउपालिका ३ का तीन महिने शिशु सिसन तामाङ र वडा नम्बर ५ कि रत्नकुमारि राउत तथा सिन्धुपाल्चोक त्रिपुरा सुन्दरि गाउपालिका ४ कि चमेलि श्रेष्ठ र सोही वडाकि सायरानि श्रेष्ठको सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अँधेरिका प्रमुख राजेश कुमार दाहालले जानकारि दिनुभयको छ । पछिल्लो जानकारि अनुसार धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा चेतकुमारि बस्नेत दोलखा शैलुङ्गेश्वरि ५ र सोही गाउपालिका ४ कि सलिना तामाङ रहेको पनि वताइएको छ ।

अन्य घाइतेहरुलाई भने उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

यस्तै नदिको विभिन्न भागबाट हालसम्म १५ जनाको शव निकालिएको छ । खोलामा डुबेको बस भने क्रेन लगाएर माथि तानिएको छ । बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।