प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी


न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी सरकारले थालेको छ ।

उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बोलाइएको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको एजेण्डालाई पनि समावेश गरिएको छ ।

सचिवालय बैठक सकिएपछि बस्ने मन्त्रिपरिषद बैठकले आजै प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना रहेको नेकपाका एक नेताले बताएका छन् ।