प्रदेश प्रमुखलाई पदमुक्त गरेर सरकारले गलत निर्णय लियोः विश्वप्रकाश शर्मा


न्युज अफ नेपाल, काठमाडौँ ।

आइतबारको मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गरेर सरकारले द्वन्द्व निम्त्याएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गलत निर्णय लिएको बताए । सरकारले पूर्वाग्राही ढंगले काम गरेको छ । यसले दलहरुबीच द्वन्द्व सिर्जना गर्न बल पुगेको शर्माले बताए ।

सरकारले गर्नुपर्ने काम नगरेर गर्नै नपर्ने काम गरेको प्रवक्ता शर्माले बताए । सरकारमाथि नैतिक प्रश्न उठेको छ । सात जनाको लोभमा सरकार फसेको आरोपसमेत लगाए ।”

प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेर सरकारले निर्वाचन आचार संहिता समेत उल्लङ्घन गरेको उनले बताए । उपनिर्वाचनको आचारसंहिता लागू भएकाले अहिले पदमुक्त गर्न नमिल्ने शर्माले बताए ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३ माघ २०७४ मा तोकेका प्रदेश प्रमुखहरुलाई आइतबारको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिस अनुसार, आइतबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।