सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः १७ जनाको मृत्यु, ४५ बढी घाइते


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा आइतबार बस खस्दा १७ जनाको मृत्यु भएको छ भने ४५ जना भन्दा बढि घाइते भएका छन् । मृतक मध्ये दुईजनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । अन्य घाइतेहरुलाई भने उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

यस्तै नदिको विभिन्न भागबाट हालसम्म १५ जनाको शव निकालिएको छ । खोलामा डुबेको बस भने क्रेन लगाएर माथि तानिएको छ । बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।