नानीराम नेपाल, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा आइतबार बस खस्दा १४ जनाको मृत्यु भएको छ भने ४५ जना भन्दा बढि घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि वभिन्न अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
यस्तै नदिको विभिन्न भागबाट हालसम्म १४ जनाको शव निकालिएको छ । खोलामा डुबेको बस भने क्रेन लगाएर माथि तानिएको छ । बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।
प्रतिक्रिया