फेरि सर्‍यो मन्त्रिपरिषद् बैठक, बेलुका साढे ६ बजे बस्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

आइतबार बेलुका ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक फेरि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठक साँझ साढे ६ बजे बस्ने स्रोतले जनाएको छ ।

आज बिहान बसेको बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।

आकस्मिक बोलाइएको बैठकका एजेण्डाहरु बारे भने मन्त्री समेत बेखबर छन् ।