त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त


न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बाँस्कोटा नाक, कान, घाँटीका विशेषज्ञ डाक्टर हुन् । उनले नेपाल मेडिकल काउन्सिलका अध्यक्षबाट हालै अवकाश पाएका थिए । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बनेको उपकुलपतिको नाम सिफारिश समितिले बाँस्कोटाको नाम दुई नम्बरमा सिफारिस गरेको थियो ।