लावस पठाइदिने भन्दै २४ लाख ठगी गर्ने लामा दम्पत्ती प्रहरी फन्दामा


काठमाडौँ । वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा न. १२ को सिग्रेनी सोल्टिचोक बस्ने विजय थिङ् लामा र उनकी श्रीमती सजना थिङ् लामा रहेको प्रहरीले जनाएको छ ।

रामेछाप नगरपालिका–६ स्थित ओख्रेनी वस्ने नविन कुमार तामाङ सहित ४ जना पीडितले दिएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले हेटौडास्थित सिग्रेनीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त दम्पत्तिले वर्किङ भिषामा लावस पठाइदिने भन्दै प्रलोभनमा पारेर २४ लाख २० हजार ठगी गरी पीडितलाई लावस र भारतको दिल्लीसम्म पुर्याई अलपत्र पारी फरार भएका थिए ।