प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पाँच बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहान बसेको बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।

आकस्मिक बोलाइएको बैठकका एजेण्डाहरु बारे भने मन्त्री समेत बेखबर छन् ।