सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार दिउँसो दोलखाबाट काठमाडौँ आउदै गरेको शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो ।

बसमा ३४ जना यात्रु सवार थिए। मृतकको सनाखत हुन भने बाँकी छ।

घटनाको थप विवरण आउन बाँकी छ।