मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त


न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।