सिन्धुपाल्चोकमा बस दुर्घटना : दर्जनौंको मृत्यु भएको आशंका, ६ जनाको शव निकालियो


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बा२ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटे नजिकै दुर्घटना भएको छ । सडकबाट सय मिटर तल सुनकोशी नदिमा बस खस्दा हालसम्म ८ जना मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस नदीमा पूरै डुबेको छ। केही शब खोलामा बगिरहेको दृश्य पनि देखिन्छ । मृतक संख्या बढ्नसक्ने बताइएको छ।

घटनास्थलबाट घाइतको उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल लाने क्रम जारी रहेको छ ।

मृतकको संख्या एकिन हुन नसकेको प्रहरीले बताएको छ।

थप विवरण आउँन बाँकी छ।