जुवाडे पक्रिन गएका प्रहरीले नै रकम लुकाएपछि…..

तीन प्रहरी निलम्बनमा


विजय नेपाली, पोखरा ।

कार्तिक ९ गते काग तिहारको दिन जुवा खेलीरहेको भन्ने सुचनाको आधारमा प्रहरी जुवाडेलाइ पक्राउ गर्न बैदाम पुगे जुवाडे त कार्वाहीमा परे त्यस्का साथसाथै प्रहरी समेत कार्वाहीमा परेका छन ।

प्रहरी सहायक निरिक्षक ९असई० सन्तोष सुबेदीको कमान्डमा खटिएको टोलिले रकम लुकाएको प्रस्ट भए संगै जिवननाथ लामीछाने र अनिल ढकाललाई निलम्बन गरेको हो ।

काग तिहारको दिन पोखरा ६ बैदाम स्थित होटल कृस्टल प्लेसबाट प्रहरीले ९ जनालाइ पक्राउ गरेको थियो । उनीहरुको साथबाट नगद दश लाख ५८ हजार पाचँ सय १० रुपैँया समेत बरामद गरेको थियो ।

पोखरा ६ पहारीमार्ग स्थित छवि पौडेलले संचालन गरेको होटल क्रिस्टल प्लेसमा जुवा खेलाईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले नगद सहित उनिहरुलाई पक्राउ गरेको छ ।

उक्त स्थानमा पक्राउ गर्ने क्रममा खटिएका प्रहरीले नै रकम लुकाएको स्रोतले बताएको छ । पक्राउ गर्न गएका प्रहरी मध्ये तीन जना प्रहरीले रकम लुकाएको स्रोतको दाबि छ ।

‘पक्राउ गर्न गएका इन्चार्जले नै रकम लिएका हुन, बिदामा बसेका मान्छे जुवा पक्राउ गर्न आएका हुन’ स्रोतले बतायो । यस विषयमा अनुसन्धान गर्दा प्रहरी समेत दोषी देखिएकाले तीन प्रहरीलाइ निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम डिएसपी राजकुमार के।सि ले बताए ।

यस्तै लेखनाथमा मोटो रकम खाल भएको कौडा खेल्नेलाइ पक्राउ गर्न गएका प्रहरीको पनि प्रहरीले नै सुचना दिएका छन ।

जिल्ला प्रहरी कार्यालय कास्कीको सादा पोसाकमा गएका प्रहरी टोलीले मंगलबार किमबिसीमा एक घरमा कौडा खेलेको जानकारि पाएसंगै इलाका प्रहरी कार्यालय सिसुवाको टोलीसँग समन्वय गरेर जाने क्रममा प्रहरीले नै प्रहरी आएको सुचना जुवाडेलाइ दिएको छ ।

प्रहरी आएको खबर पाउनासाथ खालबाट सबै भाग्न थाले । कौडा खालमा करिब ४० लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीको अनुमान थियो । प्रहरीले उनीहरुलाई समात्न असफल भयो ।

‘इलाका प्रहरीले नै सुचना फुत्काए प्रहरी स्रोतले बताए । कौडाको खालबाट भग्ने क्रममा स्कुटरबाट एक जना घाइते समेत भएको प्रहरी स्रोतको दावी छ । तर कास्की प्रहरी प्रवक्ता केसीले भने उक्त कुरा झुठो भएको बताए ।