गुल्मीमा फेला परेका ३ वटा शव नजिकै हतौडा फेला, हत्या भएको हुनसक्ने


अनिल खत्री, गुल्मी ।

गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबहरुको पहिचाहन हुन सकेको छैन् । चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानको जंगलमा भेटिएका ३ शबहरुको टाउकोमा गम्भीर चोटहरु देखिएको र घटनास्थल नजिकै हेम्बर (घन) भेटिएको प्रहरीले जनाएको छ ।
फेला परेका ३ वटै शबलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताउनु भयो । प्रहरीले शब पहिचाहनको लागि मातहतका प्रहरी चौकी र छिमेकी जिल्लाहरुमा खबर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बेवारिसे अबस्थामा फेला परेको शबको र पहिचाहन र घटना बारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक (एसपी) खड्काले बताउनु भयो । भेटिएका शबको महिला अन्दाजी २८ र २९ बर्षकी गहुँ गोरी अन्दाजी पाँच फिट उचाई रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताउनु भयो ।

कपाल कालो र खैरो भएको, निलो टप्स लगाएकी, कालो सुईटर, बायाँ हातमा सुनको बाला लगाएकी, दाहिने खुट्टामा चाँदीको पाउजु लगाएकी, दाहिने हातमा घडी बाँधेकी दुई खुट्टाको माईली औलामा चाँदीको औठी लगाएकी नाकमा नथिया लगाएको अबस्थामा महिलाको शब फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै अन्दाजी ७ र ८ बर्षकी गहुँ गोरी अन्दाजी ३ फिट उचाई भएकी बालिका, निलो जिन्स पाईन्ट लगाएकी हरियो फुल टिशर्ट र कालो जुत्ता लगाएकी र अर्की अन्दाजी ८ र ९ बर्षकी अन्दाजी ३ फिट जति उचाई भएकि, निलो जिन्स पाईन्ट लगाकी, निलोमा रातो धर्का भएको ट्रयाकसुट भित्र रातो टिसर्ट लगाएकी, रातो जुत्ता लगाएकी बालिकाको शब फेला परेको प्रहरी नायव उपरिक्षक घलेले बताउनु भयो ।

उनीहरुको अनुहार मंगोलियन रहेको छ । प्रहरीले सर्बप्रथम शबको पोष्टमार्टम र पहिचाहनका लागि परेको प्रहरी नायव उपरिक्षक घलेले बताउनु भयो । शब पहिचाहन र पोष्टमार्टमको रिर्पोट पछि मात्रै भन्न सकिने अबस्था रहने घलेको भनाई छ ।

कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शब र सोहि स्थानबाट १ मिटर पर २ वटा बाकिाको शब फेला परेको थियो । शब फेला परेको स्थान जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ घण्टा पछि मात्रै पुग्न सकिन्छ । घटना भएको स्थान नजिकै बाग्लुङ जिल्ला पर्दछ ।