तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री ओली ग्राण्डीमा

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

प्रधानमन्त्री केपी ओलीलाई तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पताल लगिएको छ ।

बालुवटार उच्च स्रोतका अनुसार आज बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ लगिएको हो ।

प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि मन्त्रिपरिषद बैठक समेत प्रभावित भएको छ । बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने बताईएको छ । प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो ।

गत बुधबार निममित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीलाई भर्ना नै गरेर हेमो डायलासिस गरिएको थियो ।

तर, प्रधानमन्त्रीको स्वास्थ्यअवस्था गोप्य राखेपछि अस्पताल र प्रधानमन्त्रीको सचिवालयको चर्को आलोचना भएको थियो ।