कबड्डी टोली भारततिर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण महाराष्ट्रको कोलापुरमा हुने भएको छ। पुरुष खेलाडीमा जयबहादुर बोहरा, नागेश्वर थारु, विनोद तामाङ, प्रदीप मिजार, रन्जित गज्मेर, लालमोहर यादव, प्रवीण खड्का, कुमार लामा, पदमबहादुर विष्ट, बन्धु राना, कल्याण भुजेल, अमित कुँवर, अजय मानन्धर, रामु टमाटा, रामप्रसाद महतो र कधैलाल थारु रहेका छन्।

महिलामा कोशमाया बस्नेत, मेणुका राजवंशी, गंगा धामी, अनुजा कुलुङ राई, हरिना थापा, मानमति विष्ट, गंगा रकसकोटी, कमला थापा, सरिता भुजेल, सविना मल्ल, रविना चौधरी, जयन्ती बढु, सुनिता थापा, यशोदा गिरी, पुस्तिका चौधरी र सिर्जना थारु छन्।

पाँच प्रशिक्षकमा कबड्डी मुख्य प्रशिक्षक तारासिंह भाट, लोकबहादुर विष्ट, मोतिराज पनेरु, विष्णु दत्त भट्ट र पार्वती राई छन्। दुई व्यवस्थापकमा कृष्णदेव पन्त र सुन्दर प्रजापति रहेका छन्। सागका लागि खेलाडीको अन्तिम छनोट भने हुन बाँकी छ।

हाल प्रशिक्षणका लागि समान १६–१६ पुरुष/महिला खेलाडी भारत गएकोमा दुवैतर्फ समान १२–१२ खेलाडीको अन्तिम छनोट गरिने मुख्य प्रशिक्षक भाटले जनाएका छन्। भारतमा रहँदा टोलीले ५ अभ्यास खेल पनि खेल्ने कार्यक्रम छ। प्रशिक्षण नोभेम्बर २ देखि २९ तारिखसम्म चल्ने छ।