चीन व्यावसायिक अन्तरिक्ष बजारमा साढे १ टन भार बोक्न सक्ने रकेट अनावरण

0
Shares

बेइजिङ, (एजेन्सी)।

अन्तरिक्ष प्रक्षेपणमा विश्व बजारलाई आकर्षित गर्न चीनले आफ्नो प्रतिस्पर्धालाई तीव्रता दिएको छ। यसैक्रममा चीनले आफ्नो नयाँ पिँढीको व्यावसायिक ढुवानी रकेटको अनावरण गरेको छ। जसले १ दशमलव ५ टनसम्मको भार अन्तरिक्षमा पुर्याउन सक्छ।चीनको एक सरकारी मिडियाले नयाँ ‘लंग रकेट’को शृंखलामा ठोस इन्धनको रकेट पनि समावेश रहेको र यसको सांकेतिक नाम ‘स्मार्ट ड्रेगन (एसडी) फेमिली’ राखेको जनाएको छ।

देशको प्रमुख रकेट निर्माता चाइना एकेडेमी अफ लन्च भेइकल्स टेक्नोलोजीको व्यावसायिक इकाइ ‘चाइना रकेट’ले आइतबार टेंगलोंग लिक्विड प्रोपेलेन्ट रकेटको अनावरण गरेको हो।
सरकारी अखबार ग्लोबल टाइम्सले रकेटको नयाँ शृंखलाको उद्देश्य घरेलु तथा विश्वव्यापी व्यावसायिक अन्तरिक्ष प्रक्षेपणको बढ्दो क्षमताको लाभ उठाउनु रहेको जनाएको छ।

चीनले चन्द्र अभियानका लागि अन्तरिक्ष कार्यक्रम शुरू गरिसकेको छ। सन् २०२२ सम्ममा चीनले स्थायी अन्तरिक्ष स्टेसन स्थापित गरी अन्तरिक्ष अभियानलाई मंगलग्रहसम्म विस्तार गर्न चाहेको छ। यद्यपि चीन विश्वको व्यावसायिक रकेट बजारमा भारतको तुलनामा पछाडि परेको मानिन्छ।

सन् २०१७ को एक लेखमा ग्लोबल टाइम्सले व्यावसायिक अन्तरिक्ष उद्योगमा चीनको अन्तरिक्ष उद्योग भारतभन्दा पछाडि पर्नेमा सचेत गराइएको थियो। भारतले सफलतापूर्वक एकै पटकमा १ सय ४ उपग्रह कक्षमा स्थापित गरेको घटनापछि चीनले त्यसतर्फ आफ्नो कदम बढाएको हो।