कुवेतमा मृत बिकको परिवारलाई रकम प्रदान

0
Shares

पोखरा ।

कुवेतमा मृत पोखराकी एक महिलाको परिवारलाई शनिबार रकम प्रदान गरिएको छ । पोखरा ३२, जनताकोचौतारा घर भएकी ४१ वर्षीय अप्सरा विकको कुवेतस्थित महाबुल्लामा ग्याँस सिलिन्डर लिक भएपछि भएको आगलागीमा परी गत जुलाई १२ मा उनको मृत्यु भएको थियो ।

विगत ८ वर्षदेखि गैर कानुनी रूपमा कुवेतमा कार्यरत विकको शव नेपाल ल्याउन लाग्ने १ लाख २६ हजार रुपैयाँ (कुवेती डिनार ३५०) नेपाल कुवेत सांस्कृतिक मञ्च, विश्वकर्मा सेवा समाज, कुवेत र सामाजिक अभियन्ता रुपेन हमालको संयुक्त पहलमा नेपाली दूतावासमा बुझाइएको थियो ।

सो अभियानबाट उठेको रकममध्ये बाँकी रकम ३० हजार रुपैयाँ मृतकका श्रीमान वीरबहादुर सुनार र जेठो छोरा अशोक सुनारलाई नेपाल कुवेत सांस्कृतिक मञ्चका अध्यक्ष गोविन्द बरालद्धारा पोखराको न्यूरोड स्थित त्रिवेणी सङ्गीतालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

मृतक गैर कानुनी रुपमा बसेकी हुनाले उनकोे शव कुवेतको अस्पतालमै अलपत्र परेको र शव नेपाल पठाउन आर्थिक सहयोग उपलब्ध गराउन नसक्ने भन्ने कुवेत स्थित नेपाली राजदूतावास प्राप्त जानकारी अनुसार बिभिन्न संघसंस्था र व्यक्तिहरु मार्फत चन्दा संकलन गरी नेपाल पठाईएको मंचका अध्यक्ष बरालले बताउनु भयो । सो, कार्यका लागि नेपालबाट पोखरा ३२ निवासी बिल तामाङले मञ्चका अध्यक्ष बरालसँग सम्पर्क गरेपछि प्रक्रिया अघि बढेको थियो  ।

काठमाडौंदेखि पोखरासम्म शव ल्याउन भने वैदेशिक रोजगार विभागले एम्बुलेन्स सहयोग गरेको थियोे । सो घटनामा विकसहित ३ जना नेपालीको मृत्युु भएको थियोे । मृतकका पति विलबहादुर सुनारले आफनो आर्थिक हैसियत कमजोर रहेको अवस्थामा कुवेतमा रहनु भएका नेपाली दाजुमाई दिदीहहिनीहरुको पहलबाट रकम जुटाई मेरो परिवारको लाश पठाईदिएकोमा आभार एवं धन्यवाद ब्यक्त गर्नु भएको थियो।