सरकारवादी मुद्दा मिलापत्र

0
Shares

नेपाल समाचारपत्र, रौतहट।

सरकारी वकिल र प्रहरीको मिलोमतोमा सरकारबादी मुद्दा मिलापत्र गराएको तथ्य सार्बजनिक भएको छ। ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर गरेको अपराधमा अनुसन्धान भएको मुद्दालाई मिलापत्र गराएर सरकारी वकिलको कार्यालयले रिहा गरेको खुल्न आएको छ।

रौतहट माधवनारायण नगरपालिका–५ की सुनरपतिया देवीले सोही ठाउँ बस्ने राजिनन्द साह र चन्द्रपुर नगरपालिका–५ बस्ने राकेश कुमारको विरुद्धमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा दिएको जाहेरीमा अनुसन्धान भएको मुद्दामा मिलापत्र गरेको खुलेको हो।

मोटो रकम लिएर मिलापत्र गराएको हुन सक्ने अनुमान गरिएको छ।उनको जाहेरीको आधारमा प्रहरीले दुवै जनाविरुद्ध रौतहट जिल्ला अदालतबाट पक्राउ अनुमति लिई दुवै जनालाई गएको भदौ १६ गते नै गिरफ्तार गरी रौतहट जिल्ला अदालतबाट म्याद थपसमेत गराएको थियो।

आरोपितमध्येका राजिनन्द साह भने जाहेरवाला सुनरपतिया देवी सञ्चालक रहेको होटल फास्ट ट्रयाक प्रालि चन्द्रपुरद्वारा सञ्चालित गौतम होटल चन्द्रनिगाहपुरका कार्यकारी अधिकृत रहेका थिए।

साह कार्यकारी अधिकृत रहेको अवस्थामा राकेश कुमारको नाममा दर्ता कायम रहेको चन्द्रनिगाहपुर गाविस–५ कि.नं २१७१ को जग्गा बिगाहा ०–३–२ ३/४ र ऐ.ऐ. कित्ता नम्बर ५९८ को जग्गा बिगाहा ५९८ को जग्गा बिगाहा ०–३–० जग्गा र घर समेत होटल फस्ट ट्रयाकले १६ करोड ४० लाखमा खरिद गर्न मिति २०७५ पुस १६ गतेका दिन ५० लाख रुपियाँ बैना राकेश कुमारले लिई गत फागुन २९ गते १४ करोड रुपियाँको थैली राखी मालपोत कार्यालय चन्द्रनिगाहपुरबाट होटल फास्ट ट्रयाकले रजिस्टे«शन पारित गराई आफ्नो नाममा दर्ता गराएको थियो।

आरोपितमध्येका राजिनन्द साह होटलको कार्यकारी अधिकृत रही उनले नै होटलको सबै कारोवार सञ्चालन गर्दै आईरहेकोमा आफूलाई लाभ लिने र कम्पनीलाई नोक्सानी पुर्याउने उद्देश्यले राकेश कुमारलाई कम्पनीको नाममा एनसीसी बैंक सिमराको खाताबाट रकम नभएको २ करोड ९३ लाख ७० हजारको चेक काटी उपलब्ध गराएको आरोपमा रौतहट जिल्ला अदालतमा चेक अनादार मुद्दा दिएपछि कम्पनीका सञ्चालक सुनरपतिया देवीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ठगीसम्बन्धी कसुरमा जाहेरी दिनुभएको थियो।