‘कोप २५’ स्पेनमा हुने

0
Shares

काठमाडौं, (नेस)

संयुक्त राष्ट्रको अगुवाईमा हुँदै आएको जलवायु परिवर्तनसम्बन्धी २५औं सम्मेलन (कोप २५) स्पेनमा हुने भएको छ। चिली सरकारले सम्मेलन आयोजना गर्न असमर्थ रहेको जनाएपछि जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय महासन्धीका पक्ष मुलुकको २५औं जमघट स्पेनको म्याड्रिडमा हुने भएको हो।

चिलीले आफ्नो मुलुकको विषम परिस्थितिका कारण सम्मेलन आयोजना गर्न नसक्ने घोषणा गरेपछि राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी खाका महासन्धि (यूएनएफसीसीसी) सचिवालयले ‘कोप २५’ स्पेनमा हुने जनाएको छ।

यूएनएफसीसीसीकी कार्यकारी सचिव प्याट्रिसिया स्पिनोसाले २५औं सम्मेलन आगामी मंसिर १६ देखि २७ (डिसेम्बर २–१३) सम्म स्पेनको राजधानी म्याड्रिडमा हुने बताउनुभएको छ।
यूएनएफसीसीसी सचिवालयको बैठकले ‘कोप २५’ म्याड्रिडमा गर्ने निर्णय गरेको उहाँले सामाजिक सञ्जाल ट्वीटमा उल्लेख गर्नुभएको छ।

२५औं सम्मेलनमा विश्वका २ सय भन्दा बढी मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख, सरोकारवाला मन्त्री÷प्रतिनिधि, जलवायु परिवर्तनबारेका विज्ञ सहभागी हुने बताइएको छ। गतवर्ष पोल्यान्डमा भएको २४औं सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको थियो। यूएनएफसीसीसीमा विश्वका एक सय ९७ मुलुक आबद्ध छन्।