छठपर्वले हिमाल, पहाड र तराईलाई जोडेकोछः मुख्यमन्त्री पौडेल 


हेटौँडा ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा जातपात वा भूगोलका आधारमा कुनै पनि विभेद हुनु नहुने बताउनुभएको छ । छठपर्वको अवसरमा आज हेटौँडाको राप्तीघाटमा आयोजित छठ पूजा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धोती र टोपीको भेदभाव अन्त्य भइसकेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री पौडेलले छठपर्व नेपालीहरुको साझा पर्वको रूपमा परिणत भएको उल्लेख गर्नुभयो । छठपर्वले हिमाल, पहाड र तराईलाई जोडेको उहाँको भनाइ छ ।

उहाँले छठपर्वको महत्व बढ्दै .गएकाले छठको व्यापकता बढेको बताउनुभयो । अहिले देशमा मनाइने पर्वहरुलाई यसैगरी सबैको साझा बनाउन जरुरी रहेको उहाँको भनाइ थियो । यसलाई जाति विशेष, ठाउँ विशेषमा राख्न नहुने भन्दै सबैको सद्भाव रहनुपर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

रासस