महाकाली अस्पतालको विकास तथा विशेषज्ञ डाक्टरको माग गर्दै एक टोली स्वास्थ्य मन्त्रायल


न्युज अफ नेपाल, महेन्द्रनगर ।

महाकाली अस्पतालको विकास तथा विशेषज्ञ डाक्टरको पद पुर्तीको माग गर्दै महाकाली अस्पताल विकास समितिको एक टोली स्वास्थ्य मन्त्रायल पुगेको छ ।

अस्पतालको विकासका लागि अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)सहित प्रतिनिधी सभा सदस्य निरुदेवी पालको टोलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग भेटघाट गरेको हो ।

टोलीले डाक्टर लगायत आधुनिक डाईनोशिस मेसिन, फारर्मेसी र विगत ३ वर्ष देखि अस्पतालमा एक एम्बुलेन्स समेत नभएको कुरा पनि मन्त्री यादवसामु राखेको छ । उक्त समस्या समाधानका लागी मन्त्री सकरात्मक देखिएका छन् ।