पत्रकार राष्ट्रिय दबू ललितपुरको अध्यक्षमा सागर महर्जन


न्युज अफ नेपाल, ललितपुर ।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको अध्यक्षमा सागर महर्जन निर्वाचित हुनुभएको छ । दबूको शनिबार सम्पन्न तेस्रो अधिवेशनले महर्जनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रशान्त माली, सचिवमा विकास माली, सहसचिवमा मञ्जु बज्राचार्य, कोषाध्यक्षमा सुनील बज्राचार्य रहनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यहरु शनिराज शाक्य, रेगिसा महर्जन, अनुप शाक्य, रजत शाही र नरेश महर्जन हुनुहुन्छ ।

अधिवेशनले केन्द्रीत महाधिवेशनको लागि रुबी श्रेष्ठ, राजेश बज्राचार्य, कल्पना महर्जन, रमा तुलाधर बज्राचार्य,लक्ष्मी श्रेष्ठ,पूर्णिमा शाक्य ,बाबुकाजी महर्जन र सुशील शाहीलाई पाषाद्मा चयन गरेको छ ।

यस अघि एक समारोहकाबीच प्रदेश नं ३ का सांसद् शोभा शाक्यले अधिवेशनको उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद् शाक्यले सञ्चार क्षेत्रमा सबैको आवाजलाई मुखरित गराउन सञ्चार क्षेत्र समावेशी बन्नुपर्नेमा जोड दिँदै त्यसका लागि पत्रकार दबूले ठोस काम गरोस् भनेर शुभकामना व्यक्त गर्नुभयो ।

समारोहमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले सञ्चार क्षेत्रलाई समावेशी बनाउन दबूले निरन्तर काम गर्दै आएको बताउँदै समावेशी सञ्चारले मात्र सामाजिक न्याय र बहुलताको मर्मलाई कदर गर्ने धारणा राख्नुभयो ।

अधिवेशन तयारी समितिका संयोजक सुरजवीर बज्राचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा न्हुँद समारोह राष्ट्रिय समितिका अध्यक्ष रमेश महर्जन, न्हुँद समारोह समिति ललितपुरका संयोजक एवं बौद्ध विहार संघका महासचिव सुरेन्द्र बज्राचार्य, ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकार लगायतले पत्रकार दबूले पत्रकारितालाई गुणस्तरीय र व्यावसायिक बनाउन ठोस काम गर्ने अपेक्षासहित आ आफ्नो भनाई राख्नुभयो ।