भवानी एकिकृत विकास केन्द्र को २४ औं साधारण सभा सम्पन्न

0
Shares

महेश सिंह, सिरहा ।

भवानी एकिकृत विकास केन्द्र धनगढीमाइ नगरपालिका २ भवानीपुरको २४ औं वार्षिक साधारण सभा विहिबार सम्पन्न भएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना निर्माण मन्त्री विजय कुमार यादवको प्रमुख आतिथ्यता तथा धनगढीमाइ नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरी र लक्षमीपुर पतारी गाउँपालिका अध्यक्ष राम बल्लभ साहको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मंत्रि यादवले भनुभयो शिक्षामा पछाडी सातै प्रदेशमा यो दोस्रोमा पर्छ। भने प्रदेश २ को आटै जिल्ला मध्ये सबभन्दा तल सिरहा जिल्ला पर्दछ ।  केन्द्रिीय सरकारले कुल बजेटको १५ प्रतिशत बजेट मात्र प्रदेश सरकारलाई दिने गरेका छन । जस १५ प्रतिशतमा ८ वटा प्रदेश, जम्मा २ प्रतिशतको अधिनमाा रहि प्रदेशमा काम गर्नु पर्ने धारणा राखेका थिए ।

यस सँस्था द्वारा संचालित कार्यक्रम अन्तर्गत हरबा चरबा न्युनिकरण कार्यक्रम र खानेपानी तथा सरसफाइ सुधार आयोजना कार्यक्रममा महत्वपूर्ण भुमिका तथा अतुलनिय योगदान निर्वाह गर्दै आइरहेका विभिन्न विधाका संस्था, व्यक्ती तथा कर्मचारीहरुलाइ यस कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि र सभाअध्यक्षबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रसंशा पत्र प्रदान गर्दै धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरीनारायण चौधरीले भनु भयो समाजिक रुपानतरको महाअभियान जुन शुरु भएको छ त्यसमा हामी सबै हातोमालो गरी अगाडी बढन् पर्नेमा जोड दिनु भएको थियो ।

प्रदेश २ सरकार संचालन गरेको बेटी बचाउ बेटी पढाउ,बेटी शैक्षिक बिमा र मुख्य मंत्रि स्वच्छता अभियान जस्ता कार्यक्रमको प्रसंशा पनि गर्नु भयो । यस्ता किसिमका कार्यक्रमलाई समाजिक संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी जदाँ झन प्रभावकारी हुनेमा जिकिर गरेका थिए ।

सँस्थाका अध्यक्ष दिपेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा आर्थिक वर्ष २०७५।७६ को कार्यक्रम प्रतिवेदन माहासचिव जसकरण साहले प्रस्तुत गरेको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष संगिता चौधरीले प्रस्तुत गरेको थियो ।

सो कार्यक्रममा गै।स।स।माहासँघ, स्थानिय जनप्रतिनिधि, विभिन्न सँघ संस्था प्रतिनिधि , स्थानिय राजनितिकर्मी, समाजसेवी, आजिवन सदस्य लगायतको उपस्थिति रहेको थियो ।