युनाइटेडद्वारा चेल्सी पराजित

0
Shares

लन्डन, (एजेन्सी) ।

ईग्ल्यान्डमा जारी यस सिजनको कारबाओ कप फुटबलमा म्यानचेस्टर यूनाइटेडद्वारा चेल्सी पराजित भएको छ।बुधबार भएको खेलमा मार्कस रासफोर्डको दुई गोलको मद्दतमा यूनाइटेडले जित आत्मसात गर्दै क्वार्टर फाइनलको यात्रासमेत तय गर्यो। बराबरीको स्थितिमा रासफोर्डले फ्रिकिकमार्फत् निर्णायक गोल गरेपछि युनाइटेडले जित हात पारेको हो।

खेलको २५औं मिनेटमा पनि रासफोर्डको पेनाल्टी गोलबाट युनाइटेडले खेलमा शुरुआती अग्रता लिएको थियो। तर मिचिबासुआइले ६१औं मिनेटमा गोल गरेपछि घरेलु मैदानमा चेल्सी खेलमा फर्किएको थियो।

त्यसैगरी आर्सेनललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै लिभरपुल पनि कारबाओ कपको अन्तिम आठमा पुगेको छ। निर्धारित समयसम्म ५–५ गोलको बराबरी भएपछि टाइब्रेकरमा लिभरपुल विजयी भएको हो।

डिभोक ओरिगीले इन्जुरी समयको चौथो मिनेटमा बराबरी गोल गरेपछि खेल लम्बिएको थियो। यसअघि शुरुआती छैटौं मिनेटमा स्कोर्डान मुस्ताफीको आत्मघाती गोलमा योर्गन क्लोपको टोलीले अग्रता लिएको थियो। तर लुकास टोरिराले १९औं मिनेटमा बराबरी गोल गरेका थिए।

गाब्रियल मार्टिनेलीले २६औं र ३६औं मिनेटमा गोल गरेपछि आर्सेनल ३–१ ले अगाडि बढेको थियो। ४३औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टी गोल गरेपछि लिभरपुलले गोलअन्तर घटाएको थियो। ५४औं मिनेटमा एन्सले मेटल्यान्ड नाइल्सले गोल गर्दा पुन आर्सनलले ४–२ को अग्रता लिएको थियो।

त्यसपछि लिभरपुलले ४ मिनेटको फरकमा २ गोल गर्दै खेलमा पुनरामगन गरेको थियो। एलेक्स अक्सलाडे चेम्बरलेनले५८औं र ओरिगीले ६२औं मिनेटमा गोल गर्दैै अन्तर कम गरे। तर ओरिगीले इन्जुरी समयमा गोल गर्दै खेललाई ५–५ को अवस्थामा पुर्याए र खेल पेनाल्टीमा गयो।