श्रेष्ठ (बोस) अमेरिका र ब्राजिलमा सम्मानित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

थ्रीस्टार क्लबका कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारतोलन संघको उपाध्यक्ष, नेपाल टेड्सिनल तेक्वान्दो फेडेरेसनका र नेपाल युथ गुप्रको अध्यक्ष राम श्रेष्ठ (बोस) अमेरिका र ब्राजिलको छुट्टाछुट्टै कार्यक्रममा सम्मानित हुनुभएको छ।

श्रेष्ठ अमेरिकामा आयोजना भएको एक कार्यक्रममा लिजेन्ड अफ द मार्सल आर्टस् हल अफ फेम अवार्डले सम्मानित हुनुभयो। ग्लोबल कोरियन मार्सल आर्टस् फेडरेसनको आयोजनामा अमेरिकाको न्यु जर्सीमा भएको अन्तराष्ट्रिय खेलुकद प्रतियोगिताको अवसरमा श्रेष्ठ लिजेन्ड अफ द मार्सल आर्टस् हल अफ फेम अवार्डअन्तर्गतको स्पोर्टस् पर्सनालिटी विधामा सम्मानित हुनुभएको हो।

त्यस्तै, यही अक्टोबर २० मा इन्टरनेसनल कराँते युनियनको आयोजनामा ब्राजिलमा समेत वल्र्ड कराँते च्याम्पियनसिपमा श्रेष्ठ (बोस) सम्मानित हुनुभएको छ। विभिन्न खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठ एर्पिसेसन अवार्डद्वारा सम्मानित हुनुभएको हो।

नेपालमा लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको बोस विभिन्न संघसंस्थामा आबद्ध भई खेलकुद क्षेत्रको विकासमा लागिरहनुभएको छ। थ्रीस्टार क्लबलगायत हरेक खेल प्रतियोगितामा उपाधि जिताउनसमेत श्रेष्ठको महत्वपूर्ण योगदान रहँदै आएको छ। साथै नेपालको विभिन्न संघसंस्थादेखि सामाजिक कार्यक्रमा समेत सक्रिय हुनुहुन्छ।े