ज्ञानेन्द्र आठौं कप्तान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीका आठौं कप्तान बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार मल्ललाई कप्तानमा नियुक्त गरेको थियो। असोज २८ गते पारस खड्काले सामाजिक सञ्जालमार्फत् कप्तानीबाट राजीनामा दिएका थिए। उक्त राजीनामा सामाजिक सञ्जालमा मात्रै सिमित भएको थियो।

उनले क्यानसमक्ष लिखितरूपमा राजीनामा गत आइतबार मात्रै दिएका थिए। लिखितरूपमा आएको राजीनामापछि क्यानले टोलीकै उपकप्तानमा रहेका ज्ञानेन्द्रलाई कप्तानको भूमिका दियो।
ज्ञानेन्द्र राष्ट्रिय टोलीका आठौं कप्तान हुन्।

यसअघि उत्तम कर्माचार्य, एलबी क्षेत्री (लेखबहादुर), पवन अग्रवाल, राजु खड्का, परेश लोहनी, विनोद दास र पारस खड्का राष्ट्रिय टोलीका कप्तान बनेका थिए। यसमध्ये पारस सबैभन्दा सफल कप्तानको रूपमा स्थापित भएका छन्।

पारसले २००९ देखि २०१९ सम्म कप्तान बन्न सफल भए। उनको कप्तानीमा नेपालले वानडे मान्यता प्राप्त गर्योे भने २०१४ मा भएको आईसीसी विश्व टी–२० कपसमेत नेपालले खेल्न पाएको थियो।

तर नेपालले पाएका यी ऐतिहासिक उपलब्धिमा ज्ञानेन्द्र उपकप्तान थिए। अन्य उपलब्धिमा पनि ज्ञानेन्द्र महत्वपूर्ण भूमिकामा रहेका थिए। उनले सन् २००६ देखि राष्ट्रिय टोलीबाट हालसम्म खेलिरहेका छन्।