मनकामना केबुलकारको अवसरमा उपहार योजना

0
Shares

मनकामना केबुलकारले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ। एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको छ।

उक्त योजना अनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजी स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको छ। कम्पनीले आफ्ना यात्रुलाई सम्मान गर्ने उद्देश्यले यो उपहार योजना ल्याएको जनाएको छ।

कम्पनीका अनुसार कात्तिक ७ गतेदेखि शुरु भएको यो योजना मंसिर ७ गतेसम्म लागू हुनेछ। कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको बिशेष अवसरमा लक्की ड्र मार्फत विजेता घोषणा गर्नेछ। यस योजना चितवन कोई समूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशी नागरिक, स्थानीय बासिन्दा र बालबालिकाको टिकटमा भने लागू नहुने कम्पनीले जनाएको छ।

मनकामना दर्शनार्थीलाई लक्षित गरी चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म सञ्चालित यस केबुलकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत योगदान पुर्याउँदै आएको छ।