मुक्तिनाथ विकास बैंकले साढे १८ प्रतिशत लाभांश दिने


मुक्तिनाथ विकास बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १८ दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमध्ये १७ दशमलव ६० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) प्रस्ताव गरेको हो।

बैंकले २० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात कायम हुने ३ अर्ब ६७ करोड चुक्ता पुँजीको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।