सिद्धार्थ बैंकले नगद लाभांश खातामा जम्मा गरिदिने


सिद्धार्थ बैंकको १८औं वार्षिक साधारण सभाबाट पारित १५ दशमलव २६ प्रतिशत नगद लाभंश र १० प्रतिशत बोनस शेयर शेयरधनीको बैंक खातामा जम्मा गर्ने भएको छ। उक्त लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गर्न लागेको हो।

बैंकले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका र शेयर प्रमाणपत्र अभौतिकिकरण नगराएका शेयरधनीलाई शेयर प्रमाणपत्र अभौतिकिकरण गराइ हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ।

साथै, शेयर धितो राखेका शेयरधनीको हकमा लाभांश पाउनको लागि समयमा नै सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा पेस गर्न समेत अनुरोध गरेको छ।

बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न साधारण सभाले बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाखको १० प्रतिशतबराबरको ८८ करोड ८७ लाख रुपियाँ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको १ अर्ब ३५ करोड ६५ लाख नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

असोज मसान्तसम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ भने ११३ अर्ब कर्जा लगानी गरेको छ।बैंकले देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १८६ एटीएम र १६ सयभन्दा बढी पीओएस मेसिनमार्फत् बैैकिङ सेवा प्रदान गर्दै आएको छ।