प्रभु बैंकको ऋणपत्र निष्काशन हुँदै


प्रभु बैंकले कात्तिक २१ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकको ऋणपत्र निष्कासन बन्द मिति छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर २० गतेसम्म रहने भएको छ। बैंकका अनुसार आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम् ४ लाख कित्ताको लागि आवेदन गर्न सक्नेछन्।

बैंकले १० दशमलव २५ प्रतिशत ब्याजरदरमा वि.सं. २०८६ सम्मको लागि ऋणपत्र जारी गर्न लागेको हो। बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने एलबीबी रेटिङ प्रदान गरेको छ। यस्तो रेटिङले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने तथा न्यून कर्जा जोखिम रहने संस्थाको रुपमा देखाउँछ।