प्रधानमन्त्री ओली डिस्चार्ज


काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन । बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार साँझ ८ बजे डिस्चार्ज भएका  हुन ।

बुधबार र बिहीबार गरेर २ पटक मिर्गौलाको डायलाइसिस गराएका ओली आफै हिँडेर हँसिलो मुद्रामा अस्पतालबाट बाहिरिएका थिए  । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई धन्यवाद दिँदै आफू ठिक भएको बताएका थिए ।

प्रधानमन्त्री ओली अस्पतालबाट सोझै बालुवाटार पुगेका छन  ।यसअघि साँझ अस्पतालमा नै पत्रकार सम्मेलन गर्दै अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले साँझसम्ममा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिने बताएका थिए।