राजदुत पुरी र स्वास्थ्यमन्त्री यादव दार्चुला आउदै

0
Shares

किरन धामी, दार्चुला।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ८ को सुरकडा र भारतको पिथौरागढ जिल्ला धारचुला तहसिल अन्तर्गतको छारछुम जोड्ने स्थानमा निर्माण गरिने मोटरपुल साइडको स्थलगत अनुगनमन गर्न नेपालका लागी भारतिय राजदुत मन्जिव सिंह पुरी शुक्रवार (भोली) दार्चुला आउनु हुने भएको छ ।

सेनाको हेलिकप्टर मार्फत मध्यान्ह १२ बजे धापमा ल्याण्ड गर्ने कार्यक्रम रहेको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले जानकारी दिनुभयो । भारतिय राजदुत पुरी संगै नेपाल सरकारका उपप्रधानमन्त्रि एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव समेत आउने कार्यक्रम रहेको उहाले बताउनुभयो ।

भारतिय राजदुत पुरीले नेपाल भारतको सहयोगमा निर्माण गरिएको जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र माविको भवन उद्घाटन गर्ने समेत कार्यक्रम छ । राजदुत पुरी र स्वास्थ्य मन्त्रि यादवको स्वागतका लागी पुर्ण तयारी गरिएको नगर प्रमुख भट्टले जानकारी दिनुभयो ।

राजदुत पुरी र मन्त्रि यादवलाई बाजागाजा सहित भव्य स्वागत गर्ने योजना बनाएको उहाले बताउनुभयो । राजदुत पुरी र मन्त्रि यादव मालिकार्जुन नमुना मावि धापको प्रांगढमा मध्यान्ह १२ बजे ल्याण्ड गर्ने कार्यक्रम रहेको छ ।

दुर्गादल गुल्मका नेपाली सेनाले हेलीप्याड समेत निर्माण गरिसकेको छ । सुरकाडामा निर्माण गरिने मोटरपुलको लम्बाई १ सय १० मिटर रहेको छ । पुल निर्माणमा २३ करोड २७ लाख ३६ हजार लागत लाग्ने अनुमान गरिएको छ ।