उत्तरी कोारियाली नेताद्वारा समवेदना प्रकट

0
Shares

सोल । उत्तर कोरियाका नेता किम जोङ अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका आमाको निधन भएको भन्दै समवेदना सन्देश पठाउनु भएको छ ।

किमले राष्ट्रपति मुनकी आमा काङ्ग हन्कोको निधनप्रति समवेदना प्रकट गर्दै सन्देश पठाउनु भएको दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लू हाउसले बिहीबार जानकारी दिएको छ ।

समवेदना पत्र बुधवार दिउँसो दुई कोरियाबीचको गाउँ पान्मुन्जोमा पठाइएको थियो ।

राष्ट्रपति मुन हाल आमाको अन्त्येष्टि कार्यका लागि देशको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा हुनुहुन्छ । किमले पठाउनु भएको समवेदना सन्देशमा राष्ट्रपति मुनको आमाको मृत्युप्रति गहिरो समवेदना प्रकट गर्नु भएको बताइएको छ । लामो समयदेखि बिरामी पर्नु भएका मुनकी आमाको ९२ वर्षको उमेरमा निधन भएको थियो । रासस/सिन्ह्वा