दुर्घटनामा २४ घाईते

0
Shares

सीताराम अधिकारी,धादिङ ।

धादिङ जिल्ला गजुरी गाउँपालिका वडा न २ मलेखु भण्डारा सडक खण्ड स्थित तुनि खोलामा आज ताल्तिबाट मलेखुतर्फ आउदै गरेको ग१ ज ३०११ नम्बरको बोलेरो जिप पल्टिदा २४ जना घाईते भएका छन् । कच्चि सडकमाबाट करिब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईतेहरुको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीअस्पतालमा उचारका लागि लगिएको छ । घाईतेहरुको गजुरी अस्पताल प्रालिमा ८ जना, राजमार्ग सामुदायिक अस्पताल मलेखुमा ४ जना, मजुवा मेडिकलमा ३ जनाको उपचार भईरहेको छ । ९ जना गम्भिर घाईतेको थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टरमा पठाईएको छ ।