थ्रि स्टारका कोषाध्यक्ष राम श्रेष्ठ (बोस) अमेरिका र ब्राजिलमा सम्मानीत

0
Shares

 

न्युज अफ नेपाल,काठमाडौं।

थ्रिस्टार क्लवका कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारतोलन संघको उपाध्यक्ष, नेपाल टेड्सिनल ताईक्वान्डो फेडेरेशनका र नेपाल युथ गुप्रको अध्यक्ष राम श्रेष्ठ (.बोस ) अमेरिका र ब्राजिलको छुट्टाछुट्टै कार्यक्रममा सम्मानीत हुनुभएको छ ।

श्रेष्ठ अमेरिकामा आयोजना भएको एक कार्यक्रममा लिजेन्ट अफ द मार्टिअल आट्स हल अफ फेम अवार्डले सम्मानीत हुनुभयो । ग्लोबल कोरियन मार्टियल आट्स फेडरेशनको आयोजनामा अमेरिकाको न्यू जर्सीमा भएको अन्तराष्ट्रिय खेलुकद प्रतियोगिताको अवसरमा श्रेष्ठ लिजेन्ट अफ द मार्टिअल आट्स हल अफ फेम अवार्ड अन्तगतको स्पोट्स पर्सनालीट विधामा सम्मानीत हुनुभएको हो ।

त्यस्तै, यही अक्टोवर २० मा इन्टरनेसनल कराते युनियनको आयोजनामा ब्राजिलमा समेत वल्र्ड कराते च्याम्पियनसिपमा राम श्रेष्ठ (बोस )ं सम्मानीत हुनुभएको छ । विभिन्न खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठ एर्पिसेशन अवार्डद्धारा सम्मानीत हुनुभएको हो ।

नेपालमा लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको बोस विभिन्न संघसंस्थामा आबद्ध भई खेलकुद क्षेत्रको विकासमा लागिरहनु भएको छ । थ्रि स्टार क्लव लगायत हरेक खेल प्रतियोगितामा उपाधि जिताउन समेत श्रेष्ठको महत्वपूर्ण योगदान रहँदै आएको छ । साथै नेपालको विभिन्न संघसंस्थादेखि सामाजीक कार्यक्रमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।