खोलाले बगाउँदा बालकको मृत्यु

0
Shares

नुवाकोट ।  बेलकोटगढी नपा–१२ घोडगाढका ९ वर्षीय बालक विप्लव मिजारको तादी खोलाले बगाउँदा मृत्यु भएको छ ।बुधबार तादी खोलामा पौडी खेल्ने क्रममा मिजारलाई खोलाले बगाएको हो ।

खोलाले बगाउँदै गर्दा उद्धार गरी विदुरको चक्रदेव पोलिक्लिनिकमा उपचार गर्ने क्रममा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विशाल मिजारका छोरा विप्लव काठमाडौँ बस्दै आएका थिए । उनी तिहार मनाउनका लागि गाउँमा आएका थिए । मिजार साथीसँगै खोलामा पौडी खेल्न गएका थिए ।