काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्यपरीक्षणका लागि आज बिहान धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल जानुभएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भीर समस्या नरहेको र परीक्षणपछि सम्भवतः आजै निवास फर्कने उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली गत भदौमा सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि ९प्लाज्मा फेरेसिस० बाट उपचार गरी स्वदेश फर्कनुभएको थियो ।
प्रतिक्रिया