जुवातास खेल्ने आठ जना पक्राउ

0
Shares

सिरहा । जुवातास खेल्ने क्रममा रु ७५ हजारसहित आठ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका–१५ माडरमा जुवातास खलिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रु ७३ हजारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ का नुर खान, सोही ठाउँका मोहमद रफिक, जावेद खान, श्यामकुमार यादव, रञ्जित यादव, दिनेश यादव, सञ्जीवकुमार महतो र गोलबजार नगरपालिका–८ का सिकिन्द्र साफी छन् । पक्राउ परेकामाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।