सिरहामा ३ जना डेङ्गुका बिरामी फेला

0
Shares

 

सुभेन्द्र दास, लहान।

सिरहाको लहानमा अवस्थित राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पतालमा २ दिनको अवधिमा उपचार गराउन आएका ३ जना डेङ्गु पोजिटिभ विरामी भेटिएका छन्। डेङ्गु फेला पर्नेहरुमा सिरहा गोलबजार नगरपालिका ७ अर्नमा निवासी २७ वर्षीय कबिता सिंह , गोलबजार ५ निवासी ३० वर्षीय बिरु कुमार सिंह र ४ वर्षीय बिरु कुमार सिंहका छोरा अनिकेत महतोमा डेङ्गु रोगको संगक्र्मन देखा परेको लहान अस्पतालका मेडिकल अधिकृत डाक्टर बृजेंद्र कुमार साहले जानकारी दिएका छन्। अहिले तिनै जनाको लहान अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सुधारको क्रममा रहेको अधिकृत साहले बताएका छन् ।

डेङ्गुका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकाले यो रोग हुन् बाट बचन त्यस्ता ठाउँहरुको पहिचान गरि त्यसलाई नष्ट गर्नु पर्ने अधिकृत साहले जानकारी दिए। उनले भने, ‘घर वरपर फालिएर रहेको खाली वोतल, गाडी तथा मोटरसाइकलका टायरहरु, कुलर, गमला जस्ता ठाउँहरुमा थारै पानी जमेको ठाउँमा पनि सहजै डेङ्गुको लामखुट्टेको वृद्धि विकास हुने भएको हुँदा यस्ता ठाउँहरुको पहिचान गरी त्यसलाई सफा पार्नुपर्छ र लामखुट्टे नियन्त्रणको उपाय अवलम्वन गर्नुपर्छ ।’यस अघि गोलबजार नगरपालिकामा ९ जनामा डेङ्गु देखापरेको थियो । भने हाल सम्म सिरहामा १८ जनामा डेङ्गुका संगक्र्मन देखा परेको छ।